ट्विटरमा फ्यानलाई हप्काए पछि शरदको उड्यो खिल्ली
एक चर्चित ब्यक्ति भए पछि अाफुले बोल्ने कुरामा ध्यान नदिदा के हुन्छ भन्ने ताजा उदारण बनेका छन् क्रिकेटर शरद भेषवाकर । शुक्रबार बेलुका अाफुलाई सल्लाह सुझाव दिएका फ्यानहरु लाई तुच्छ शब्द सहित हप्काए पछि एकाएक उनको बिरोध र खिल्लि उडाएका जोकहरु सामाजिक संञ्जालमा भाईरल भएको ।
शरद भेसावकरलाई राम्रो क्रिकेट खेल्नको लागि सुझाव दिएका फ्यानलाई उनले निकै तल्लो स्तरको जवाफ फर्काएका छन् । विशेषगरि फ्यानलाई जवाफमा भेसावकरले लेखेका छन्," तिमीहरु आफ्नो काममा ध्यान देउ,मलाई सुझाव दि राख्नुपर्दैन,तिमीहरु नजन्मदै नै मैले क्रिकेट खेल्न थालेको हुँ , म डेमोक्रेटिक देशको नागरिक हुँ के बोल्नु पर्छ थाह छ "।
शरदले फ्यान प्रति दिईको उक्त तुच्छ प्रतिक्रिया पछि एकाएक चौतर्फी रुपमा उनको बिरोध भएपछि लगत्तै उनले माफी पनि मागेका छन् । तर सामाजिक संजालमा शरदको बिरोध र जोक भने भाइरल बनिसकेको छ । शरदको यो प्रतिक्रियालाई केहीले जाड-रक्सीको तालमा बोलेको हो भनेका छन् भने केहीले उनमा उन्माद घमन्ड जाग्न थालेको कुरालाई जोड दिएका छन् । कतिले रिसी धमालाको झै जोक बनाएर शरदको खिल्ली पनि उडाएका छन् । मैले यहाँ सामाजिक संजालमा शरद भेषवाकरको बारेमा देखिएको प्रतिक्रिया र जोक प्रस्तुत गरेको छु । मलाई टि्वटरमा फलो गर्न यहाँ क्लिक गरौ ।
---------------------------------------------------------------------------------------------------------------------------------------------------------
---------------------------------------------------------------------------------------------------------------------------------------------------------



sarasar galat ho sarad ko
ReplyDelete