Breaking News

ट्विटरमा फ्यानलाई हप्काए पछि शरदको उड्यो खिल्ली


एक चर्चित ब्यक्ति भए पछि अाफुले बोल्ने कुरामा ध्यान नदिदा के हुन्छ भन्ने ताजा उदारण बनेका छन् क्रिकेटर शरद भेषवाकर । शुक्रबार बेलुका अाफुलाई सल्लाह सुझाव दिएका फ्यानहरु लाई तुच्छ शब्द सहित हप्काए पछि एकाएक उनको बिरोध र खिल्लि उडाएका जोकहरु सामाजिक संञ्जालमा भाईरल भएको ।

शरद भेसावकरलाई राम्रो क्रिकेट खेल्नको लागि सुझाव दिएका फ्यानलाई उनले निकै तल्लो स्तरको जवाफ फर्काएका छन् । विशेषगरि फ्यानलाई जवाफमा भेसावकरले लेखेका छन्," तिमीहरु आफ्नो काममा ध्यान देउ,मलाई सुझाव दि राख्नुपर्दैन,तिमीहरु नजन्मदै नै मैले क्रिकेट खेल्न थालेको हुँ , म डेमोक्रेटिक देशको नागरिक हुँ के बोल्नु पर्छ थाह छ "। 
शरदले फ्यान प्रति दिईको उक्त तुच्छ प्रतिक्रिया पछि एकाएक चौतर्फी रुपमा उनको बिरोध भएपछि लगत्तै उनले माफी पनि मागेका छन् । तर सामाजिक संजालमा शरदको बिरोध र जोक भने भाइरल बनिसकेको छ । शरदको यो प्रतिक्रियालाई केहीले जाड-रक्सीको तालमा बोलेको हो भनेका छन् भने केहीले उनमा उन्माद घमन्ड जाग्न थालेको कुरालाई जोड दिएका छन् । कतिले रिसी धमालाको झै जोक बनाएर शरदको खिल्ली पनि उडाएका छन् । मैले यहाँ सामाजिक संजालमा शरद भेषवाकरको बारेमा देखिएको प्रतिक्रिया र जोक प्रस्तुत गरेको छु । मलाई टि्वटरमा फलो गर्न यहाँ क्लिक गरौ 

---------------------------------------------------------------------------------------------------------------------------------------------------------

फ्यान - शरददाई बजारमा अाईफोन ६ अाएछ नि ।
शरद- चुप ठ्यास्नी तँ जन्मिनु अगि देखि म अाईफोन ६ चलाउथे ।
फ्यान - ट्वाँ ! 


शरदलाई गाली गरिराको देखेर प्रचण्ड र बाबुराम कति खुसी भएका होलान्, अब टुइटे जति शरद तिर 'डाइभर्स' भए भनेर । भोलि उनकै पालो हो भन्ने बिचरालाई के थाहा ? 


शरद भेषावकर,हिमालयन टाइम्स,बाबुराम भट्टराई र लोकमान कार्की यौटै हुन् ट्विटरमा।वास्तविक जीवनमा गर्ने क्यै होइन।हल्ला ठूलो,उपलब्धि लुलो। 


शरद दाइको घमन्ड बिराट कोहलीको भन्दा बढी भएछ, फ्यानलाइ आक्रोश पोख्दैछन्, कतै निशा भाउजुसँग ठाकठुक त परेन ? एउटा भनाई रै'च यतातिर 'केटीको मन शरद ऋतुको आकाश जस्तो' छिन -छिनमा बदलिरहने


राम्रो खेल्ला, सेन्चुरी हान्ला अनि शरद वी आर प्राउड अन यु भनेर भनौला भनेको त जिरोमा आउट हुन्छ अनि राम्रो खेल भन्दा पख तँलाई रे !! 


तैटसरद ले भन्यो भनेर कुर्लिने हरु चाँही तेस्ताइ हुन, अस्ती सम्मा निसा ले बिगार्यो भन्दा त सरद ले केही भनेन त। सबै को जिन्दगी छ नि हौ


चोर : शरद दाजु, आवेशमा नआऊ न ।शरद: तँ जन्मिनुअघिदेखि म आवेशमा थिएँ, बल्ल सही पार्टनर भेटा’छु ।


शरदले जे भने ठिक भने ती अराजक डाम्नाहरुलाइ आफू केही गर्न सक्ने हैनन जान्ने भएर अनवाश्यक सल्लाह दिन्छनअझ भेटेर कुटे हुने तेस्ता फ्यानलाइ 

फ्यानको मायाले नेपालबाट क्रीकेट खेल्न पायौ ,नेपालीको मायाले नागरिकता पायौं । अनि तिनै नेपाली क्रीकेट फ्यानको हौसलाले आफुलाइ आत्मबिस्वासी बनायौ ।। आज तिनै फ्यानले हल्का सुझाब र खेल बारे सुधार गर्न कमेन्ट गर्दा फ्यानलाइ नै थर्कायौ के यहि हो तिम्रो आदर्श अनि नैतिकता .? स्वाभिमानी नेपालीले हमेसा साथ दिन्छ तर अनायासमा उसको चित्त दुखायौ भने आफै पतन भयेर जानेछौ ।। सायद तिमिले ब्याट पकडदा हामी गाउका लोकल क्लबबाट सायद गेम खेलिसकेका छौ।। बिचार गर एउटा गहना भयेर फ्यानको चित्त दुखाउनु तिम्रो लागि निक्कैघातक हुनसक्छ ।।

1 comment: