क्यान खारेजिको माग गर्दै सडकमा अाए क्रिकेट समर्थक
नेपाली क्रिकेट फ्यानहरुले अाज क्रिकेट 'बचाउ अभियान ' राजधानिको सडकमै अाएर प्रदर्शन गरेका छन् । भ्रष्टाचारको अारोप लागेको क्यान खारेजि गर्दै नेपाल क्रिकेट बोर्ड गठन गर्नुका साथै अन्य थुप्रै माग गर्दै क्रिकेट समर्थकहरुले राजधानीमा प्रदर्शन गरेका छन् । खुलामञ्चमा भेला भएका क्रिकेट समर्थकहरुले हातमा राष्ट्रिय झण्डासहित प्रदर्शन गरेका हुन् । केही सहभागी नेपालको जर्सीमा थिए ।
उनीहरुले अहिलेको क्यानको बोर्डलाई विघटन गरेर नयाँ बोर्ड बनाउनु पर्ने, व्यवस्थापनलाई अधिकार दिनुपर्ने, खेलाडीलाई सुविधा थप गर्नुपर्ने, क्रिकेट मैदानको निर्माण तथा व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेका छन्। साथै उनीहरुले ‘हाम्रो क्रिकेट प्रण भन्दा प्यारो छ’, ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘टुँडिखेलमा खेलेर वर्ल्डकप जित्न सकिन्न’ जस्ता नारा लगाएका छन् ।
सामाजिक सञ्जालको सहयोगमा जम्मा भएका नेपाली क्रिकेट फ्यानहरुले क्यान बिरुद्ध चर्को नारावाजी गरेका थिए । क्रिकेट फ्यान सडकमा अाएको यो पहिलो पटक पटक हो ।
सामाजिक सञ्जालको सहयोगमा जम्मा भएका नेपाली क्रिकेट फ्यानहरुले क्यान बिरुद्ध चर्को नारावाजी गरेका थिए । क्रिकेट फ्यान सडकमा अाएको यो पहिलो पटक पटक हो ।






No comments