शाहरुख खानसँग नेपाली महिला फुटबल टोलीको भलाकुसारी
2 असोज, काठमाण्डौ । साफ च्याम्पियनसीप फुटबलमा दोश्रो स्थान प्राप्त गर्न
सफल नेपाली महिला फुटबल टोलीले बलिउड अभिनेता शाहरुख खानसँग भेटघाट गरेको छ
।
श्रीलंकाको कोलम्बोबाट नयाँ दिल्ली
हुँदै नेपाल फर्किने क्रममा दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा महिला
टोली र शाहरुख बीच भेट भएको हो । विमानस्थलमा ट्रान्जिटमा रहेको नेपाली
टोलीले संयोगवस शाहरुखसँग भेट गर्न सफल भयो । त्यस क्रममा शाहरुखले नेपाली
महिला टोलीलाई शुभकामना दिए ।
शाहरुखलाई विमानस्थलमा देख्ने वित्तिकै नेपाली महिला खेलाडिहरु चिच्याउन थाले । त्यसपछि शाहरुख एक छिन रोकिएर महिला खेलाडीसँग भेट गरी केही तस्वीर समेत खिचे । नेपाली महिला फुटबल खेलाडिहरुले शाहरुख सँग भेट गर्न पाउँदा खुसी लागेको बताए ।

No comments