Breaking News

बिनोद चौधरी ज्युलाई खुला पत्र (क्रिकेटको बिकासका लागि)

आदरणिय बिनोद चौधरी ज्यु हाल अष्ट्रेलिया र न्यजिल्याण्डमा बिश्वकप क्रिकेट चलिरहेको छ । हामी लाई पनि अाफ्नो देशले बिश्वकपमा हेर्ने रहर छ । नेपाली क्रिकेटले बिगत देखि नै सफलता आत्मासात गर्दै आएको कुरा यहाँलाई अवगत नै होला । नेपाली क्रिकेटले पाएको यो सफलताले हामि सबै नेपालीलाई गर्ब गर्न लायक बनाएको छ ।

हाम्रो क्रिकेट टोली सफल भएर आउॅदा बिभिन्न पुरस्कार घोषणा गरिन्छ तर पाएको सफलता स्थाईत्वको लागि न त सरकार अगाडि सरेको देखिन्छ न त क्यान न त निजि क्षेत्र नै । अन्य क्रिकेट मुलुकहरूको तुलनामा हाम्रो नेपाली क्रिकेटको फ्यान फलोइङ्ग निकै राम्रो छ । फ्यान फलोइङ्ग र नेपाली क्रिकेटले पाएको सफलताले गर्दा अाईसिसी को ध्यान समेत नेपाली क्रिकेटको बिकास तिर परेको छ। तर आफ्नै देशको आन्तरीक कमजोरीका कारण क्रिकेटको बिकास हुन सकिरहेको छैन । न त राम्रो घरेलु संरचना छ, न राम्रो खेल मैदान (स्टेडियम), न त कुनै आधिकारिक खेल च्यानल नै । यि तिन चिज बिना खेलको बिकास सम्भव छैन ।



हजुरको स्वामित्वमा रहेको चौधरी ग्रुपले (सि . जि) क्रिकेटको बिकासमा पहिले देखिनै महत्वपुर्ण योगदान दिदै आएको छ । बाई बाई राष्ट्रिय क्रिकेट लिग त्यसैको एउटा जल्दो बल्दो उदाहरण हो । नेपालकै एकमात्र अर्बपतिको हैसियतलै हजुरको योगदानको दायरा अझ फराकिलो बनाउन सक्नु पर्छ । हरेक क्षेत्रमा लगानी बढाउदै गैरहेको सि.जि ले खेल
क्षेत्रमा अझ बढि लगानी गरोस । क्रिकेट क्षेत्र नेपालको एउटा गतिलो ब्याबसायिक क्षेत्रको रुपमा देखापरि सकेको छ । सि . जि ले यस क्षेत्रमा कसरी अझ बढि लगानी गर्न सक्छ
भन्ने कुराको बहस यसरी हुन सक्छ।

सि जि ले क्रिकेटका तिन वटै क्षेत्रमा लगानी गर्न सक्छ ।

१. घरेलु संरचनाको बिकासको लागि अहिले क्यान केहि जुरमुराएको अबस्था छ , तर पनि सरकारी निकाय मात्रै यो सम्भव छैन तसर्थ सि जि ले आफ्नै लगानीमा प्रत्येक जिल्लामा क्रिकेट एकेडेमि स्थापना गरोस अनि उमेर समुह एवं सिनियर स्तरमा स्तरीय खेलाडिहरू उत्पादन गरोस ।

२ . "सरकारको सहयोग पाए म एउटा गतिलो क्रिकेट स्टेडियम बनाउने छु ।" नेपालले डिभिजन ३ जित्दा हजुरले घोषणा गर्नु भएको यो भनाईको काम कुरो कहाँ सम्म पुग्यो । आशा गरौ हजुरको यो घोषणा छिटै कार्यन्वयन होस ; केहि जानकारी पाउन पाए आभारी हुने थियौ । (स्टेडियमको बारेमा धेरै कुरा लेख्न उपयुक्त नहोला )

३ . क्रिकेट क्रेज हाम्रो देशमा एउटा धर्म अनि मान्यता जस्तै भैसकेको छ । पाएको सफलतासंगै हौसिएका हामि नेपालको अभ्यास खेल , घरेलु प्रतियोगिताका खेल देखि लिएर नेपालले खेल्ने अाईसिसी सम्मका खेलहरु सधै मोबाइलबाट अपडेट गरीरहेका हुन्छौ । आफ्ना प्रिय खेलाडिहरूले खेलेका खेलहरू टिभीमा हेर्न कसलाई मन नहोला र ? तर के गर्नु यो एउटा बाध्यता हो रहर होईन ।

सिजि ग्रुपले एउटा खेल च्यानलको स्थापना गर्नु एकदमै जरूरी छ । एउटा विशुद्ध खेल च्यानल जस्ले घरेलु देखि बिदेशमा हुने नेपालका खेलहरू (क्रिकेट लगायत अरू नेपालका खेलहरू) प्रत्यक्ष प्रसारण गर्न सकोस । एउटा सफल ब्यबसायी हुनुको नाताले पनि हजुरलाई माथि उल्लिखित कुराहरूले अझ सफल ब्यबसायी एवं उत्कृष्ट खेल लगानीकर्ताका रूपमा चिनाउने छ । "मौकामा हिरा फोर्नु" भनैझै यो एउटा उत्कृष्ट मौका हो सिजिलाई ब्यबसायीक खेल क्षेत्र मार्फत एउटा अर्को उचाईमा पुर्याउने । यो मौकालाई सुन्दर तरीकाले सदुपयोग गर्नु होस । यदि क्रिकेटको बिकासमा आज तपाई यि कुराहरू बाट चुक्नु भयो भने "बुटवल पावर कम्पनि" र "ल्यान्ड्स एन्ड " सम्झिए जस्तै भबिष्यमा चुकचुकाउनु सिवाय केहि हुने छैन । हामि नेपाली चाउचाउमा वाईवाई सम्झिए जस्तै क्रिकेट बिकासमा निजी क्षेत्रबाट सिजिलाई सम्झिने माहोल तयार गर्नु होला भन्ने अपेक्षा राख्दछौँ ।

लेख्नका क्रममा केहि गल्ति भए क्षमा दिनु होला नेपाली क्रिकेटका लाखौ फ्यानको आशा सहित
लेखक गोबिन्द गिरी !!! मलाई टि्वटरमा फलो गर्न यहाँ क्लिक गरौ 

No comments