Breaking News

श्याअोमी मोबाइल अब नेपालमा पनि

विश्व बजारमा तहल्का मचाएर सामसुङ र एप्पल लाई कडा चुनौती दिएको चिनियाँ कम्पनी श्याअोमीका स्मार्ट फोनहरु अब नेपालमै पनि पाउने भएको छ । स्थापनाको छोटो समयमै बिश्वको तेस्रो ठूलो स्मार्ट फोन मेकिङ कम्पनि श्याअोमीका सेट नेपालमा मोबिल्याण्ड इलेक्ट्रोनिक प्रा.ली. नेपालमा ल्याउने भएको हो । 



यदि तपाईं पनि सस्तो दाममा गुणस्तरीय श्याअोमी मोबाइल खरिद गर्न चाहनु हुन्छ भने मोबिल्याण्ड इलेक्ट्रोनिक प्रा.ली. को वेव साईट www.mobilandelectronic.com मा गएर अडर गरिहाल्नुस् । जहाँ तपाईले श्यायोमीका मि ३ रेडमि नोट रेडमि १ एस किन्न सक्नु हुनेछ । मलाई टि्वटरमा फलो गर्न यहाँ क्लिक गरौ 


शाओमी चिनमा नम्बर एक विश्वको तेश्रो ठूलो स्मार्टफोन निर्माता

विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजार चीनमा स्मार्टफोनको लडाइँ विगतमा सामसुङ भर्सेस एप्पल थियो । तर अहिले स्थिती फरक छ । स्थापना भएको तेस्रो बर्षमै शाओमीले चीनको प्रतिस्पर्धात्मक बजारमा पहिलो स्थान कब्जा गर्यो र विश्वको तेश्रो ठूलो स्मार्टफोन निर्माता बन्न सफल भयो ।

शाओमीले एप्पल र सामसुङका महंगा पर्ने स्मार्टफोन जत्तिकै गुणस्तरीय स्मार्टफोन सस्तोमा उपलब्ध गराएकाले यसलाई चिनियाँ एप्पल पनि भनिन्छ । बिजनेस मोडेल तथा मार्केटिङमा समेत शाओमीलाई चिनियाँ बजारका सबैजसो पाहुना कम्पनीलाई पाखा लगाउन सफल भएको छ ।


No comments