Breaking News

अश्लेषा लिसानेविचले आफ्नो उत्कृष्ट लयलाई शनिबार पनि कायमै राखिन्


 अश्लेषा लिसानेविचले आफ्नो उत्कृष्ट लयलाई शनिबार पनि कायमै राखिन् । नेपाल नम्बर-१, उनले यू-१६ गल्र्स सिंगल्सको उपाधि जितिन् । उनले यू-१६ को फाइनलमा विभूति कार्कीमाथि ६-३ र ६-१ को जित निकाल्दै पहिलो बोरिस लिसानेविच स्मृति जुनियर खुला टेनिसमा दोस्रो स्वर्ण चुमिन् । उनले यसअघि यू-१८ मा पहिलो स्थान हात पारेकी थिइन् । यू-१८ ब्वाइज सिंगल्समा भने मिलन रोकाले बाजी मारे । उनले आइभन हो लिसानेविचको चुनौती ७-५ र ६-४ ले निराश पारे । दोस्रो सेटमा एक समय ४-१ ले अघि रहेका आइभनले आफ्नो अग्रतालाई कायम राख्न सकेनन् । आइभन यू-१६ का स्वर्ण विजेता हुन् ।
यसअघि यू-१० ब्वाइजमा सम्यकभूषण वज्राचार्य र गल्र्समा इरा राउतले स्वर्ण जिते । यू-१२ ब्वाइजमा संरक्षकभूषण वज्राचार्य र गल्र्समा माहिका राणाले स्वर्ण चुमे । माहिकाको यो साढे पाँचवर्षे टेनिस करियरमा पहिलो स्वर्ण थियो । यू-१४ सिंगल्सको ब्वाइजमा अभय गौचन र गल्र्समा विभूति कार्कीले स्वर्ण जिते । विजेता खेलाडीले नगद पुरस्कार र गिफ्ट ह्याम्पर पाए ।
त्यसै अवसरमा जुनियर खेलाडीका अभिभावकहरूले आगामी फेब्रुअरीमा प्यारेन्ट्स कप जुनियर टेनिसको आयोजना गर्ने लननेपाल टेनिस संघले जानकारी दिएको छ ।

No comments